कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ओली सरकारको विपक्षमा मतदान गर्नुपर्ने राप्रपा निर्देशन समितिको ठहर

श्रावण ५, २०८१
ओली सरकारको विपक्षमा मतदान गर्नुपर्ने राप्रपा निर्देशन समितिको ठहर

काठमाडौँ — केपी शर्मा ओली नेतृत्वको सरकारको विपक्षमा मतदान गर्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको निर्देशन समितिको बैठकले ठहर गरेको छ । प्रकाशचन्द्र लोहनी नेतृत्वको निर्देशन समितिको शनिबारको बैठकले आइतबार केपी शर्मा ओलीले संसद्मा विश्वासको प्रस्ताव राख्दा विपक्षमा मतदान गर्नुपर्ने ठहर गरेको हो । 

राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै निर्देशन समितिको एमाले र कांग्रेस गठबन्धनका गतिविधि विश्लेषण गरेपछि विपक्षमा मतदान गर्नुपर्ने ठहर गरिएको उल्लेख छ ।

एमालेका अध्यक्ष ओली नेतृत्वमा कांग्रेससहितको सरकार गठनको सुरुवाती चरणमा सकारात्मक रूपमा लिइएको भएपनि अब भने त्यसो गर्न नसकिने राप्रपा निर्देशन समितिको ठहर छ ।

राप्रपा संसदीय दलको बैठक भने आइतबार बोलाइएको छ । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीका अनुसार प्रधानमन्त्रीको विश्वासको मतको विषयमा छलफल गर्न आइतबार बिहान ११:४५ बजे संसदीय दलको बैठक बोलाइएको छ ।


प्रकाशित : श्रावण ५, २०८१ १७:२८
×