कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

गण्डक ब्यारेजबाट एक महिलाको शव निकालियो

असार ३१, २०८१
गण्डक ब्यारेजबाट एक महिलाको शव निकालियो

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीको त्रिवेणीस्थित गण्डक ब्यारेजको १ नम्बर ढोकाबाट एक महिलाको शव निकालिएको छ । ६ नम्बर ढोकामा अड्किएको  शव निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति नै ती शव देखिए पनि सोमबार बिहान निकालिएको हो । प्रहरी चौकी त्रिवेणीका इन्चार्ज महेश रायमाझीका अनुसार आइतवार राति सवा ८ बजे गण्डक ब्यारेजको १ र ६ नम्बर ढोकामा ती शव अडकिएको अवस्थामा फेला परेको हो ।

शव नबगोस् भनेर रातिबाटै ब्यारेजका ढोका बन्द गरेर राखिएको थियो । ती शव सिमलताल दुर्घटनामा परेका बसका यात्रुको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रकाशित : असार ३१, २०८१ ०८:५०
x
×