कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अध्यक्ष राई

सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास हो : अध्यक्ष राई

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य अशोककुमार राईले सरकार परिवर्तन स्वाभाविक संसदीय अभ्यास रहेको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उनले विश्वास र अविश्वासको मत सामान्य र संसदीय अभ्यास रहेको बताए ।

उनले आफ्नो पार्टीले प्रधानमन्त्री दाहालको विपक्षमा मतदान गर्ने जानकारी गराए। 'जसपाले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । अहिले विश्वास अविश्वासमा र अविश्वास विश्वासमा छिटोछिटो परिणत हुने गरेको छ', उनले भने, 'विश्वास र अविश्वासबाट मुलुकको राजनीति गुज्रिरहेका बेला सरकार बदलिने कुरा संसदीय अभ्यास हो, यसबाट कोही विचलित हुनुपर्दैन ।'

अध्यक्ष राईले नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुलुकको हितका लागि सहमति गरेको विश्वासका आधारमा समीकरणलाई समर्थन गरेको बताए । 'संविधान संशोधन गर्नुपर्छ, अझै अग्रगामी किसिमले अगाडि लानुपर्छ, दुई ठूला दलसँग संविधान संशोधनका सवालमा छलफल गर्न तयार छौँ', उनले भने ।

प्रकाशित : असार २८, २०८१ १६:३४
x
×