कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

नयाँ गठबन्धन बन्‍ने सम्भावना छ : राई

नयाँ गठबन्धन बन्‍ने सम्भावना छ : राई

काठमाडौँ — जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोकुमार राईले नयाँ गठबन्धन बन्ने सम्भावना भएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासबाट छलफल गरेर फर्कँदै गर्दा नेता राईले नयाँ गठबन्धनको सम्भावना भएको बताएका हुन् ।

बालकोटमा अहिले मा‌ओवादी अध्यक्ष पुष्पकमल दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेसहित एमले अध्यक्ष ओली छलफलमा व्यस्त छन् ।

सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता राईले भने,'नयाँ गठबन्धन बन्ने सम्भावना देखियो । अहिले सरकार बनिने दुई वटा विकल्प देखियो, एउटा एमाले र कांग्रेस मिलेर सरकार बनाउने अथावा एमाले र माओवादीसहितका दलहरुबीच मिलेर सरकार बनाउने । प्रधानमन्त्री को बनिनुहुन्छ उहाँहरुले नै निर्णय गर्नुहुन्छ । '

नेता राईले सरकार गठनको विषयमा आफ्नो हाम्रो पार्टीमा छलफल हुने बताए । उनले पार्टीभित्र छलफल गर्नका लागि भन्दै बालकोट बैठकबाटै बाहिरिएका छन् ।

प्रकाशित : पुस १०, २०७९ १४:४८
x
×