कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन

श्रावण ३०, २०७९
प्रहरी परिचालन गरेर बन्चरेडाँडामा फोहोर विसर्जन

काठमाडौँ — काठमाडौं महानगरपालिकाले धादिङको बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरेको छ । काठमाडौं, धादिङ र नुवाकोटका गरी करिब २ सय ५० प्रहरी परिचालन गरेर फोहोर विसर्जन गरिएको हो । नुवाकोटका एसपी रमेश पण्डितका अनुसार फोहोर व्यवस्थापन कार्यलाई सहज बनाउनका लागि प्रहरी परिचालन गरिएको जानकारी दिए ।

सोमबार बिहान सत्तारुढ कांग्रेस, माओवदी केन्द्र र नेकपा समाजवादी पार्टीको धुनिबेंसी वडा नम्बर १ का वडा समितिको अगुवाइमा फोहोर बोकेका टिपरलाई ढाडेमा अवरोध गरिएको थियो । दिउँसोसम्म उक्त अवरोध हटाइएको छ ।

बन्चरे डाँडाको नजिकै पुगेका ६२ वटा टिपरलाई उनीहरूले फोहोर विसर्जन गर्न दिए पनि त्यहीँ रोकेर राखेका थिए ।त्यस क्रममा फोहोर बोकेका करिब सय वटा टिपरहरू बाटोमै राकिएका थिए । प्रहरी परिचालन गरेपछि आन्दोलनकारीहरू सडकबाट भागेका हुन्।

नेकपा माओवादी केन्द्र धुनिबेंसी–१का वडाध्यक्ष विष्णु तामाङले आफूहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘राज्यले कतिदिनसम्म प्रहरी परिचालन गर्छ हेर्छौं’ भन्दै आन्दोलनको स्वरुपम परिवर्तन गर्ने चेतावनी दिएका छन् । उनले आफूहरूले शान्तिपूर्ण रुपमा गरिरहेको आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको बताए।

‘हामीले बिहान ६२ वटा ट्रकलाई फोहोर विसर्जन गर्न दिएका थियौं । अन्यलाई ढाडे बजारमा रोका थियौं । शान्तिपूर्णमा रुपमा हामीले गरिरहेको आन्दोलनमा धेरै प्रहरी परिचालन गरेर दमन गर्न खोजिएको छ,’ तामाङले कान्तिपुरसित भने ।

तामाङका अनुसार बन्चरे डाँडा डम्पिङ साइट आसपासका डाँडामा प्रहरीको उपस्थिति छ । एसपी पण्डितले भने सकडमा अवरोधक राखिएपछि साइट क्लियर गराउन प्रहरी परिचालन गरिएको जनाए ।

प्रकाशित : श्रावण ३०, २०७९ १५:५१
x
×