कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेट

जेष्ठ १८, २०७९
प्रधानमन्त्री देउवा र काठमाडौंका मेयर शाहबीच भेट

Highlights

  • 'महानगर प्रमुख शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ'

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले भेटेका छन् । प्रधानमन्त्री देउवालाई भेट्न मेयर शाह बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । 

प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार मेयर शाह बुधबार प्रधानमन्त्री निवास पुगेका हुन् । 'भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताउनुभएको छ,' देउवा र शाहबीचको भेटबारे परियारले भने, 'महानगर प्रमु्ख शाहले आफू महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताउनुभएको छ ।'

मेयरमा निर्वाचित भएपछि पहिलोपटक शाहले प्रधानमन्त्रीलाई भेटेका हुन् । प्रधानमन्त्रीले स्वतन्त्रबाट निर्वाचित काठमाडौंका मेयर शाहलाई बधाई दिएका थिए ।

प्रकाशित : जेष्ठ १८, २०७९ १८:१६
×