कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

लामो दूरीका सवारी साधन संचालन र आन्तरिक उडानमा भदौ मसान्तसम्म रोक

भाद्र १४, २०७७
लामो दूरीका सवारी साधन संचालन र आन्तरिक उडानमा भदौ मसान्तसम्म रोक

काठमाडौँ — सरकारले लामो दूरीका यातायातका साधन र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म सञ्‍चालन नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को आइतबार बसेको बैठकले कोरोना संक्रमण फैलिने क्रम नरोकिएकाले लामो दूरीका यातायात र आन्तरिक हवाइ उडान भदौ मसान्तसम्म नचलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्‍चालन गर्ने अनुमति दिइसकेको छ ।

यस्तै बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि गरेको ती मन्त्रीले जनाए ।

चीनको ल्हासाका लागि महावाणिज्यदूतमा सहसचिव नवराज ढकाल (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) र हङकङका लागि महावाणिज्यदूतमा सहसचिव उदय रानामगर (गृह मन्त्रालय) लाई पठाउने मन्त्रिपरिषद्ले निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

सम्बन्धित समाचारः

प्रकाशित : भाद्र १४, २०७७ २२:०१
×