कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

दुई नेपाली अफ्रिकाको घानामा अलपत्र

दुई नेपाली अफ्रिकाको घानामा अलपत्र

Highlights

  • ‘गौशालाको सनराइज म्यानपावरले १२ लाख रुपैंया लिएको थियो’

काठमाडौँ — एक अफ्रिकी तेल कम्पनीमा काम गर्नका लागि गौशालास्थित एक म्यानपावर कम्पनीलाई जनही १२ लाख रुपैंया बुझाएर एक महिनाअघि घाना पुगेका २ नेपाली भनिएको कम्पनी–काम नभेटेर अलपत्र परेका छन् ।

गौशालास्थित सनराइज म्यानपावरले घानामा रहेको अमेरिकी तेल कम्पनी आर्कोमेटका बारेमा जानकारी गराएको र मासिक १५ सय ७० अमेरिकी डलर तलब हुन्छ भनेपछि म्यानपावर एजेन्ट अमर पाण्डेलाई पैसा बुझाएकोबारे पीडितले घानास्थित गैर आवासीय नेपाली संघलाई जानकारी गराएका छन् ।


सिन्धुपाल्चोकका ३१ वर्षीय रेशम श्रेष्ठ र मोरङका ३२ वर्षीय सुमन भण्डारी गत एक महिनायता कागजातहीन अवस्थामा रहेको घानास्थित गैर आवासीय नेपाली संघका अध्यक्ष रोशन श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले पीडित नेपालीको स्थितीबारे श्रम तथा रोजगार मन्त्रालय र सम्बद्ध सरोकार निकायमा जानकारी गराइसकेका छन् ।


‘दुवै जना पीडित नेपाली हाल घानाको टाकोरादीमा कागजातहीन अवस्थामा छन्,’ श्रेष्ठले भने, ‘जानकारीमा आएअनुसार यही सनराइज म्यानपावरबाट फेरि यो साता थप १२ नेपालीलाई घाना ल्याइन लागेको रहेछ, यो मानव तस्करीको स्थितीलाई तत्काल रोक्न श्रम मन्त्रालय र वैदेशिक रोजगार विभागलाई अनुरोध गरेका छौं ।’


विगतमा पनि ४ जना नेपालीलाई यही म्यानपावरले घाना ल्याएर अलपत्र पारेको र मुस्किलको प्रबन्धबाट घर फिर्ता गरिएको जानकारी उनले दिए । पश्चिम अफ्रिकी मुलुक घानामा कुनै पनि प्रयोजनमा आउनुपरेमा गैर आवासीय नेपाली संघ घानाको आधिकारिक ‘सहमति पत्र’ बोकेर मात्रै आउनका लागि पनि अध्यक्ष श्रेष्ठले अनुरोध गरेका छन् । घानामा हाल ४५ जना नेपाली रहेको र सबैजना सुरक्षित एवं मर्यादित काममा संलग्न रहेको जानकारी दिादै श्रेष्ठले म्यानपावर र एजेन्टको मात्रै भर परेर अफ्रिकी मुलुकमा नआउनका लागि अनुरोध गरेका छन् ।


‘अहिले हामी टाकोरादीस्थित अध्यागमन कार्यालयमा बसेका छौं, तर आफूसाग पासपोर्ट नभएकाले घर फर्कन कठिनाई भएको अवस्था छ,’ अलपत्र अवस्थामा रहेका रेशम र सुमनले गैर आवासीय नेपाली संघमार्फत उद्धार समन्वयका लागि पत्र लेख्दै भनेका छन्, ‘नेपालको एजेन्टले आफैं टिकट काटेर घर आउनु भनेको छ, तर हामी टिकट न पासपोर्टको अवस्थामा छौं ।’

अफ्रिकी मुलुकमा रहेका नेपालीमाझ आइपर्ने सहयोग–समन्वयमा जुटेका नाइजेरियास्थित हिक्मत थापाले ‘नेपाली सोझासाझा युवायुवतीलाई वैदेशिक रोजगारीका नाममा अलपत्र बनाउन पछिल्ला वर्षहरुमा अफ्रिकी रुटलाई उपयोग गर्न थालिएको’ बताए ।


‘हामीले विगतमा केन्या–तान्जानियाका डान्स बारमा नेपाली युवतीलाई मुजुरा नृत्य गर्न ल्याइने गरेकोबारे नेपाल सरकारको ध्यानाकर्षण गराएका थियौं, तर यसबारेमा न फलोअप भयो, न रोकथाम हुन सकेको छ,’ थापाले भने, ‘भिजिट भिसामा युवायुवती ल्याएर अनाधिकृत काममा लगाउने प्रवृत्ति यथावत देखिएको छ । त्योभन्दा पनि मानव तस्करीको नयाा रुटका रुपमा अफ्रिकी मुलुकलाई उपयोग गर्न थालिएकोमा थप चिन्ता बढेको छ ।’


प्रकाशित : माघ २६, २०७६ १०:५१
x
×