कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीन करोड लगानीमा बनेको ज्यापु कल्याण तालिम भवन संचालनमा

भाद्र १५, २०८१
तीन करोड लगानीमा बनेको ज्यापु कल्याण तालिम भवन संचालनमा

ललितपुर — ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ । उक्त भवनको शनिबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका लागि मद्दत गर्न तालिमहरू संचालन गरिने जनाइएको छ ।

दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम रहेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरले दिने सम्पूर्ण तालिम उक्त भवनबाट दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । कला, संस्कृति र सम्पदा संरक्षणका लागि आयोजना गरिने तालिमलाई यस भवनमा प्राथमिकता दिइने उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुयाँलले कला, संस्कृति र सम्पदा संरक्षणका लागि तालिम भवन निर्माण गरेकोमा खुशी व्यक्त गर्दै यो पुण्यकर्ममा सहभागी हुनेलाई धन्यवाद दिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सीबहादुर श्रेष्ठले सीप प्रवर्द्धनसँग सम्बन्धित तालिमका लागि भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने धारणा राखे । जग्गा दिने व्यक्ति र उनको परिवारप्रति उनले कृतज्ञता व्यक्त गरे ।

ललितपुर महानगर वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले आफ्नो वडामा ज्यापु कल्याण तालिम भवन निर्माण भएकोमा खुशी व्यक्त गरे । तालिम संचालनका लागि समेत वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित : भाद्र १५, २०८१ १३:५७
x
×