कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

भाद्र १०, २०८१
पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

काठमाडौँ — श्रीकृष्ण जन्माष्टमीका अवसरमा ललितपुरको पाटन दरबार क्षेत्रको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

पूजाअर्चनाका लागि मन्दिरको दक्षिण र उत्तर तर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् ।

मन्दिरमा राष्ट्रप्रमुखले दर्शन तथा पूजाआराधना गर्ने चलन छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्

कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् भगवान् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ ।

प्रकाशित : भाद्र १०, २०८१ ०८:२९
x
×