कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

भक्तपुर — भक्तपुरमा टिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ । साइकल चालक भक्तपुर नगरपालिका-८ लिवाली बस्ने ६५ वर्षीय आसनारा कोजुको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो करिब १ बजे भक्तपुर नगरपालिका-९ चोखामरु चोकस्थित खरिपाटीबाट भानेचोकतर्फ जाँदै गरेको बाग्मती ४ ख ४९३१ नम्बरको टिपरले साइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका कोजुलाई उपचारका लागि ख्वप अस्पताल पुर्‍याइएको थियो । उनको उपचारका क्रममा निधन भएको भक्तपुर प्रहरीका प्रवक्ता डीएसपी राजन कार्कीले जानकारी दिए ।

उनका अनुसार टिपर चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका-९ का ३३ वर्षीय अमिर तामाङ पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०८१ २०:२१
x
×