पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने पक्राउ

भाद्र २४, २०८१

कान्तिपुर संवाददाता

Fraudster arrested for sending to Poland

काठमाडौँ — वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै रु तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई सोमबार पक्राउ गरी सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । 

उनले भने, 'पक्राउ परेकी निज चुँडालले एकजनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्क विहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका–३ मनकामनाबाट पक्राउ गरिएको हो ।'

निजलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

कान्तिपुर

Link copied successfully