कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

२७ विशेषज्ञको प्रस्थानविन्दु ‘अबको बाटो’ सार्वजनिक 

भाद्र १६, २०८१
२७ विशेषज्ञको प्रस्थानविन्दु ‘अबको बाटो’ सार्वजनिक 

काठमाडौँ — समाजका विविध क्षेत्रमा योगदान पुर्‍याएका २७ जना विशेषज्ञले लेखेको किताब ‘अबको बाटो’ प्रज्ञा प्रतिष्ठानमा शनिबार लोकार्पण गरिएको छ । लेखक भरत कुमार श्रेष्ठ ‘विवश’ द्वारा सम्पादित किताब ‘अबको बाटो’ पूर्वन्यायाधीश अनुपराज शर्माले लोकार्पण गरेका थिए ।

किताबमा नेपाली समाजको साहित्य, विकास, संस्कृति, समाजशास्त्र, अर्थशास्त्र, राजनीति, वैदेशिक रोजगारदेखि शिक्षासम्मका प्रस्थानविन्दुमाथि विमर्श गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली, नेपाली कांग्रेस नेता डिला संग्रौला, एमालेका नेता उषाकला राई, अर्थविद् चन्द्रमणि अधिकारी, पुरुषोत्तम दाहालले किताबमाथि समीक्षा गरेका थिए ।

शिखा बुक्सद्वारा प्रकाशित किताबमा लेखकहरू जयराज आचार्य, कृष्ण धरावासी, जीवा लामिछाने, प्रदीप लामिछाने, वीणा पौडेल, शिवजी श्रेष्ठ,पुरुषोत्तम दाहाल, ढुण्डीराज पौडेल, ज्ञानु अधिकारी, विजय हितान, रामप्रसाद पन्त, श्यामसुन्दर श्रेष्ठ सहृदय, सुरेन्द्र के.सी., विश्वभक्त दुलाल ‘आहुति’, मनोज काफ्ले, महावीर पुन, चन्द्रमणि अधिकारी, कल्याण श्रेष्ठ, डा. प्रकाश बुढाथोकी, रमेश नेपाल, विद्यानाथ कोइराला, डिलबहादुर पुर्जा पुन, गणेश थापा, होमबहादुर बस्नेत, मिलन ज्ञवाली, नेत्र तिमल्सिना र भरतकुमार श्रेष्ठ ‘विवश’ को लेख समावेश छ ।

प्रकाशित : भाद्र १६, २०८१ १२:४७
x
×