कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भीमलालको ‘धरौट' सार्वजनिक

भाद्र १५, २०८१
भीमलालको ‘धरौट' सार्वजनिक

काठमाडौँ — लेखक भीमलाल सापकोटाको उपन्यास ‘धरौट’ शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्यामलले किताबले १० वर्षे द्वन्द्वको कथा उजागर गरको बताए । ‘किताबले द्वन्द्वको घाउ बोलेको छ’, उनले भने, ‘मान्छेहरूको उसबेलाको तनाव किताबको विषय बनेको छ ।’

बाल साहित्यकार तथा इटर्नल पब्लिकेसन्सका प्रबन्ध निर्देशक यमुना पराजुलीको सभापतित्वमा संचालन भएको उक्त कार्यक्रममा लेखक भीमलाल सापकोटाको संक्षिप्त परिचय कवि असीम सागरले दिएका थिए भने उक्त कार्यक्रममा वक्ताहरूमा लेखक तथा पत्रकार श्रीश भण्डारी र साहित्यकार भारती न्यौपानेले किताबबारे आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा कवि प्रोल्लास सिन्धुलीय, मणि लोहनी, सञ्जीव राई, चन्द्र रानाँहछा, प्रकाश रम्घाली, बिद्या प्रसाद घिमिरे, अञ्जना ईछमफूल, राधिका कल्पित, देवव्रत, रसिकराज लगायत साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

उपन्यासमा तत्कालिन दशबर्षे ‘जनयुद्व’ को त्रासद वर्णन र बाहिर नआएका कतिपय वैदेशिक रोजगारका भित्री कथाहरू छन् । १६८ पुष्ठ रहेको उपन्यासलाई इटर्नल पब्लिकेशनले प्रकाशन गरेको हो ।

प्रकाशित : भाद्र १५, २०८१ १५:५९
x
×