कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

'अमेरिकी पहिचान संरक्षणले नेपालको सोया उद्योगलाई  उकास्छ'

आश्विन ३, २०८१
'अमेरिकी पहिचान संरक्षणले नेपालको सोया उद्योगलाई  उकास्छ'

Highlights

  • श्री राधेरानी ट्रेडिङ बन्यो युएस आइडेन्टिटी प्रिजर्भेसन सर्टिफिकेट प्राप्त गर्ने विश्वकै पहिलो कम्पनी

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको पहिचान संरक्षित कृषिको व्यावसायिक गठबन्धन 'स्पेशलिटी सोया एन्ड ग्रेन्स एलायन्स (एसएसजीए) ले बिहीबार नक्सालको मेरियट होटलमा 'युएस आइडेन्टिटी प्रिजर्भ्ड' सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशालाको आयोजना गरेको छ ।

कार्यक्रममा नेपालका प्रमुख सोया उत्पादकहरू, उद्योगका प्रमुख र किसानहरूलाई संयुक्त राज्यले अमेरिकाले पहिचान गरेको संरक्षित अन्न र तीनको मूल्य तथा फाइदाहरूको व्याख्या गरिएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण मध्येको एक थियो, श्री राधेरानी इन्टरनेशनल ट्रेडिङ । यसले एसएसजीएबाट विश्वमै पहिलो पहिचान संरक्षण प्रमाणपत्र प्राप्त गरेको छ।

यो प्रमाणीकरणले अमेरिकी सोया प्रयोग गर्ने नेपाली सोया सस उत्पादकहरूलाई आफ्ना उत्पादनहरूमा ‘आइडेन्टिटी प्रिजर्व्ड युनाइटेड स्टेट्स’ लोगो देखाउन अनुमति दिन्छ । यो लोगोका कारण उनीहरूलाई विश्व बजारमा आफ्नो विश्वसनीयता र बजार मूल्य बढाउन मद्दत गर्छ ।

'हाम्रो कम्पनी संसारमा पहिचान संरक्षित प्रमाणपत्र प्राप्त गर्ने पहिलो हो । आजदेखि अमेरिकी सोया प्रयोग गर्ने नेपाली सोया सस उत्पादकहरूले आफ्ना सबै उत्पादनहरूमा 'आईपी' लोगो देखाउन सक्नेछन् । स्पेशलिटी सोया एण्ड ग्रेन्स एलायन्स (एसएसजीए) र युएस सोयाबिन एक्सपोर्ट काउन्सिल (युएसएसईसी) को सहयोगबाट यो उपलब्धि सम्भव भएको हो,’ श्री राधेरानी इन्टरनेशनल ट्रेडिङका निर्देशक गौरव अग्रवालले भने ।

कार्यक्रममा नट, पिठो, तोफु र मिठाईहरूसहित अमेरिकी पहिचान-संरक्षित सोयाबाट तयार गरिएका स्थानीय खानाहरू पनि प्रदर्शन गरिएको थियो।

कार्यशालामा अमेरिकाका एक किसान टम फ्रिसले बढ्दो यूएस आईपी सोया र अन्य बालीहरूको बारेमा जानकारी दिएका थिए ।

सोया फूड प्राविधिक सल्लाहकार निशितकुमारले तोफु, परम्परागत मिठाईहरू, टोस्टेड सोया नट्स लगायतका सोया फूडको उत्पादनको प्रदर्शन र नमूना प्रस्तुत गरे।

त्यसैगरी, मेरियट होटलका खाद्य तथा पेय पदार्थ निर्देशक जोगिन्दर सिंह र नुरिटेक कन्सल्टिङ सर्भिसेज प्रालिका सीईओ सुरेश इटापुले नेपालको खाद्य तथा पेय पदार्थ क्षेत्रमा प्रिमियम सोयाको सम्भावनाबारे प्रस्तुति दिएका थिए । ।

प्रकाशित : आश्विन ३, २०८१ २१:५०
×