कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

‘अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा जोड दिनुपर्ने’

भाद्र २०, २०८१
‘अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा जोड दिनुपर्ने’

काठमाडौँ — समग्र अर्थतन्त्रको विकासका लागि नीतिगत स्थायित्व र कानुनी सुधारमा ध्यान दिनुपने उद्योगी व्यवसायीले बताएका छन् ।  पछिल्ला महिनाहरूमा अर्थतन्त्रका केही सूचक सकारात्मक देखिएपनि उत्पादनशील एवं निर्माण क्षेत्र अझै पनि चलायमान हुन नसकेकाले यो क्षेत्रको सुधारका लागि सरकारले प्राथमिकताका साथ लाग्नुपर्ने उनीहरूको भनाइ छ ।

नेपाल उद्योग परिसंघ (सीएनआई) ले नवनियुक्त मुख्यसचिव एकनारायण अर्यालसँग बुधबार गरेको छलफलमा उनीहरूले समग्र अर्थतन्त्रको विकासका लागी बजेटको प्रभावकारी कार्यान्वय एवं स्वदेशी उत्पादनको प्रयोग बढाउनुपर्ने बताएका हुन् ।

छलफलमा अहिले पनि उद्योगहरू ३० देखि ४० प्रतिशत क्षमतामा चलिरहेको, निर्माण र थोक तथा खुद्रा व्यापारको अवस्था पनि कमजोर रहेकाले यी क्षेत्र चलायमान बनाउन सरकारले विशेष ध्यान दिनु पर्ने र त्यसका लागि नीतिगत स्थिरता, आवश्यक नीति निर्माणलगायत काम तत्काल गर्नुपर्ने परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए ।

परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अनुकुल औद्योगिक वातावरण निर्माणका लागि प्रक्रियालाई सरलिकरण गरिनुपर्ने, रोजगारी थप बढाउन रोजगारी दिइरहेका उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यसचिव अर्यालले अर्थतन्त्रको विकासका लागि सरकारलाई निजी क्षेत्रको सहयोग चाहिने बताए । पछिल्लो पटक केही कानुन संशोधन हुादा त्यसले सकारात्मक काम गरेको भन्नुहुादै कानुन सुधार गरेर अगाडि बढ्ने उनको भनाइ थियो । आफ्नो कार्यकालमा निजी क्षेत्रले केही न केही भएको अनुभूति गर्ने दाबी मुख्य सचिव अर्याललेको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ ११:२८
x
×