कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३५

एक महिनामा साढे ३९ करोड रुपैयाँको सारी आयात

भाद्र २०, २०८१
एक महिनामा साढे ३९ करोड रुपैयाँको सारी आयात

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो साउन महिनामा मात्रै ३९ करोड ६२ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको छ । साउनमा ९ लाख २४ हजार ९५४ थान सारी, लुंगी र धोती आयात गरिएको भन्सार विभागको तथ्यांक छ । 

सबैभन्दा बढी सारी भारतबाट बाट आयात भएको विभागले जनाएको छ । भारतबाट ३९ करोड १६ लाख २४ हजार रुपैयाँ बराबरको ९ लाख १५ हजार १४५ थान सारी, लुंगी र धोती आयात भएको विभागको तथ्यांक छ । चीनबाट ४१ लाख ११ हजार रुपैयाँको सारी लुंगी र धोती आयात भएको तथ्यांक छ । इन्डोनेसिया, बेलायत र अमेरिकाबाट पनि सारी, लुंगी र धोती आयात भएको छ ।

विभागका अनुसार सुती र मानवनिर्मित रेसाबाट बनेका सारी, लुंगी र धोती आयात भएको छ । गत आर्थिक वर्ष ३ अर्ब ५१ करोड १७ लाख रुपैयाँ बराबरको सारी, लुंगी र धोती आयात भएको थियो । गत वर्ष भारत, चीन, इन्डोनेसिया, अमेरिका, बेलायतलगायत विभिन्न मुलुकबाट सारी आयत भएको थियो ।

भारतबाट मात्रै ३ अर्ब ४४ करोड ४२ लाख रुपैयाँ बराबरको ७८ लाख ६३ हजार ७९ थान सारी आयात भएको थियो । चीनबाट ३ करोड ८१ लाख ९२ हजार रुपैयाँ बराबरको सारी आयात भएको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ १४:३१
x
×