कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

५३.६३ अंकले घट्यो नेप्से

भाद्र १६, २०८१
५३.६३ अंकले घट्यो नेप्से

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ५३.६३ विन्दुले घटेको छ । नेप्से १.९५ प्रतिशतले घटेर २६९५.९३ विन्दुमा ओर्लिएको हो । आज ३१ कम्पनीको सेयर मूल्य बढ्यो भने २०९ कम्पनीको मूल्य घट्यो । ४ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर किनबेच भए । आज १ लाख ३० हजार ६३२ पटकको सेयर किनबेचबाट १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमुहमध्ये म्युचअल फन्ड मात्र शून्य दशमलव १७ अंकले बढ्यो । अन्य सबै उपसमुहहरु घटे । घट्ने उपसमुहहरुमा होटल तथा पर्यटन, जिवन बिमा, निर्जिवन बिमा र फाइनान्स उपसमुह अघि रहे ।

होटल तथा पर्यटन २१३.३४ अंक, जिवन बिमा १९४.६८ अंक र निर्जिवन बिमा १६२.५१ अंकले घटेको छ । सुपर माई हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो । हिमालयन पावर पार्टनर लिमिटेडको मूल्य ९.८७ प्रतिशतले बढ्यो ।

प्रकाशित : भाद्र १६, २०८१ १५:३४
x
×