कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

इन्धनको भाउ घट्यो

भाद्र १५, २०८१
इन्धनको भाउ घट्यो

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको भाउ घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

अब उपत्यकामा पेट्रोल लिटरको १ सय ६३ तथा डिजेल र मट्टितेल लिटरको उपभोक्ताले १ सय ५४ मा किन्न पाइने छ ।

यस्तै आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ३७ ले घटाई बिक्री मूल्य कायम गरिएको समेत निगमले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खाना पकाउने ग्यासको मूल्य हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।

प्रकाशित : भाद्र १५, २०८१ २१:१५
x
×