कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

मध्यभोटेकोशीमा स्थानीय विवाद सुल्झाएर अघि बढ्न उर्जामन्त्री खड्काको निर्देशन  

भाद्र १२, २०८१
मध्यभोटेकोशीमा स्थानीय विवाद सुल्झाएर अघि बढ्न उर्जामन्त्री खड्काको निर्देशन  

सिन्धुपाल्चोक — उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले बाह्रबिसेमा निर्माणाधीन सवस्टेशन र मध्यभोटेकोसी जलविद्युत आयोजनास्थल अनुगमन गर्दै स्थानीय विवाद सुल्झाएर आयोजना सम्पन्न गर्न निर्देशन दिएका छन् ।

बुधबार राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)र नेपाल प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसहित आयोजनास्थल पुगेका उनले स्थानीयलाई पनि आयोजनासँग मिलेर जान आग्रह गरे ।

सवस्टेशनको सम्पन्न संरचना र बाह्रबिसे नगरको जम्बुस्थित निर्माणाधीन १०२ मेगावाट लक्ष्यको मध्यभोटेकोशी जलविद्युतको विद्युत गृह र सुरुङ निरीक्षण गर्दै उनले स्थानीयलाई आश्वासन पनि दिँदै यँहाको यर्थाथ प्रगति विवरणबारे बुझेका थिए ।

'दुवै महत्त्वपूर्ण योजना सम्पन्न हुने चरणमा छ ,यो हाम्रो लागि गर्वको कुरा हो, र आयोजना पक्ष र यँहाबाट प्रभावितको समस्या गहिरिएर सुने, स्थानीय समस्या सुल्झाएर आयोजना अघि बढ्नेछ,' मन्त्री खड्काले भने । यँहाका स्थानीयले असहयोग नगर्ने र आयोजनाबारे जनताको बुझाइ बलियो रहेको उनको भनाइ छ ।

भारतसँग १० हजार मेगावाट विद्युत ब्रिक्री भएको र बंगलादेशसँग यस सम्बन्धी सल्लाह भइरहेको उनको कथन छ । त्यसैगरी प्रभावित स्थानीय र जनप्रतिनिधिबीच छलफल गरेर आवश्यक सहयोगमा आयोजना तत्पर रहने राज्यमन्त्री तामाङले प्रष्ट्याए ।

बाह्रबिसेमा दुई मन्त्रीलाई स्वागत गर्न आएका पूर्व स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत भने आयोजनाको निरीक्षणमा सहभागी भएनन् । बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट यँहाका प्रभावितको मागअनुरुप महत्त्वपूर्ण छलफलमा ११ करोड दिइने प्रतिबद्धता भएको बताए ।

बाह्रबिसे नगरपालिकालाई १० करोड र प्रभावित बाह्रबिसे नगर ३ र ४ लाई ५०/५० लाख दिइने निश्चित भएको जानकारी दिए ।

प्रकाशित : भाद्र १२, २०८१ १९:४६
x
×