कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत् आयोजनामा जानुपर्छ : सचिव विष्ट

भाद्र ११, २०८१
उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत् आयोजनामा जानुपर्छ : सचिव विष्ट

काठमाडौँ — नेकपा एमालेका सचिव गोकर्ण विष्टले उर्जा सन्तुलनका लागि जलाशययुक्त जलविद्युत् आयोजनामा जानुपर्ने बताएका छन् ।

मंगलबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् । उनले सुख्खायाम र वर्षायामको विद्युत् असन्तुलनलाई सन्तलन गर्न जानुपर्ने बाध्यता रहेको पनि बताए ।

‘अब जलाशयमा त हामी जानुपर्ने नै छ । उर्जा सन्तुलनको लागि पनि एकदमै जरुरी छ । सुख्खायाम र वर्षायामको जुन असन्तुलन छ, यसलाई ब्यालेन्स गर्नको लागि जानुपर्ने बाध्यता नै छ । सौर्य उर्जामा हामीले त्यत्ति धेरै अहिले पनि इपिसेन्सी प्राप्त गर्न नसकिरहेको अवस्थामा बाहिरको आयातलाई कम गर्ने हो भने हामी स्टोरेज आयोजनामा त जानैपर्छ,’ उनले भने ।

सौर्य उर्जामा उपलब्धि नदेखिएको उल्लेख गर्दै उनले प्रसारण लाइनमा निजी क्षेत्रलाई ल्याउने सन्दर्भमा पनि विद्युत् विधेयकमा प्रस्तावित गरिएको बताए ।

सचिव विष्टले खेर जाने बिजुलीका लागि बढी खपत हुने बजार खोज्नुपर्ने बाध्यता रहेको बताए । उनले आन्तरिक खपत बढाउने र खपत भएर बाँकी रहेको बिजुलीमात्रै बेच्नेमा सबै राजनीतिक दलहरु सहमत हुनुपर्ने बताए ।

प्रकाशित : भाद्र ११, २०८१ १६:२२
x
×