कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

चाडपर्वअघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

श्रावण २२, २०८१
चाडपर्वअघि दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण गर्न संसदीय समितिको निर्देशन

Highlights

  • गुणस्तरीय वस्तु तथा सेवामा सहज रुपमा आपूर्ति गरी कृत्रिम अभाव र कालोबजारी रोक्न पनि समितिको निर्देशन

काठमाडौँ — संसदीय समितिले चाडपर्व सुरु हुनुभन्दा अघि दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । मंगलबार बसेको राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो । 

बैठकमा बोल्दै समिति सभापति सोनाम ग्याल्जेन शेर्पाले बजारमा दैनिक उपभोग्य तथा अतिआवश्यक वस्तु तथा सेवामा हुने गरेको कृत्रिम अभाव र कालोबजारीको समस्याले आमनागरिक आक्रान्त भइरहेको सन्दर्भमा नेपालको संविधानले व्यवस्था गरेको मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए ।

देशभर गुणस्तरीय वस्तु तथा सेवामा सहज रुपमा आपूर्ति गरी कृत्रिम अभाव र कालोबजारी रोक्न पनि समितिले निर्देशन दिएको छ । नियमित बजार अनुगमन गर्न र सर्वसाधरणको सहज पुहँच हुनेगरी तत्काल सुपथ मूल्य पसलको समयअवधि र क्षेत्रगत दायरा विस्तार गर्न उनले निर्देशन दिएका हुन् ।

उपभोक्ता सचेतना कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक पसलमा मूल्यसूची अनिवार्य रुपमा राख्ने व्यवस्था र तीन तहको सरकारसँग समन्वय गरी प्रभावकारी बजार अनुगमन गर्न नेपाल सरकालाई निर्देशन दिने उनले बताए ।

प्रकाशित : श्रावण २२, २०८१ १६:२७
×