कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

बलिवुड यथार्थभन्दा बाहिर छ

भाद्र १३, २०८१
बलिवुड यथार्थभन्दा बाहिर छ

Highlights

  • 'आज आमिर खानले कुन मुखले भन्छन् कि आज कुनै लेखकमा दम छैन कि उसले आफ्नै बलबुतामा फिल्म चलाउन सकोस् । तपाईंले कसैलाई खडा हुनै दिनु भएन महाशय । यही सत्य हो । तपाईंले क्रेडिट दिनु भएन ।'

'द गडफादर' पहिले किताबका रूपमा आएको हो ।  फ्रान्सिस कोपोला फिल्म बनाउन चाहन्थे । उनले लेखक मारियो पुजोलाई बोलाए । दुवै जना मिलेर स्क्रिनप्ले लेखे । किनकि पुजोले कहिल्यै पनि स्क्रिप्ट लेखेका थिएनन् । मूल रूपले सबै उनले नै लेखेका होलान् ।

कोपोलाले स्क्रिनप्लेको धारणामा गाइड गरेका होलान् । पहिलो र दोस्रो भागका लागि मारियो पुजोले अस्कर पनि पाए । उनले त्यतिबेलासम्म आफ्नै फिल्म(गडफादर वान र टू) बाहेक कुनै स्क्रिनप्ले लेखेका थिएनन् । त्यसैले पनि उनलाई लाग्यो: केही किताब पढूँ ताकि स्क्रिनप्ले लेख्न सकियोस् । उनले एउटा पुस्तक किनेर ल्याए, जसको पहिलो पानामै उदाहरणका रूपमा जुन स्क्रिनप्ले थियो; त्यो 'गडफादर'कै थियो ।

हलिउडका धेरै ठूला सिरिज र फिल्म कुनै न कुनै उपन्यासमा आधारित हुन्छन् । 'गेम अफ थ्रोन्स' को त किस्सा यस्तो पनि छ, जुन फिल्म उपन्यास 'फायर एन्ड आइस' मा आधारित थियो, जसको अन्तिम भाग अहिलेसम्म पनि लेखिएको छैन । ९० प्रतिशतभन्दा बढी हलिवुड फिल्मका कहानी उपन्यासमै आधारित छन् । यी फिल्महरूले लेखकसँग मिलेरै लेखिएका छन् । हामीमध्ये केहीलाई थाहा पनि होला 'स्लमडग मिलिनेयर' फिल्म कुन किताबमा आधारित छ । किताबको नाम हो 'क्यू एन्ड ए' । यो पुस्तकका लेखक विदेश विभागमा कार्यरत विकास स्वरूप हुन् । डेनी बोयलले यसमाथि फिल्म बनाउने पक्का भयो । त्यसपछि उनले एक अनुभवी अमेरिकी स्क्रिनराइटरलाई बम्बई पठाए ताकि बम्बईलाई बुझेर स्क्रिप्ट लेखून् । अस्करको मञ्चमा विकास स्वरूपलाई आमन्त्रण पनि गरियो त्यो पूरा सम्मानसाथ ।

बलिवुडले चेतन भगतको किताबमाथि थ्री इडियट्स बनायो । स्क्रिनप्ले अरु कसैलाई लेखाइयो । स्क्रिनप्ले फेरियो, जब चेतनले आपत्ती जनाए, एक प्रेस कन्फ्रेन्समा विधुविनोद चोपडाले मजाक उडाए-लेखकहरूलाई निकै भाउ चाहिन्छ । यसबारेमा केवल वीर सांघवीले विधुविनोद चोपडामाथि प्रश्न उठाएका थिए । त्यतिबेला न कुनै अखबार, न कुनै पत्रकारले चोपडाजीलाई केही भने । आमिर खानलाई पनि कसैले केही भनेनन् । आज आमिर खानले कुन मुखले भन्छन् कि आज कुनै लेखकमा दम छैन कि उसले आफ्नै बलबुतामा फिल्म चलाउन सकोस् । तपाईंले कसैलाई खडा हुनै दिनु भएन महाशय । यही सत्य हो । तपाईंले क्रेडिट दिनु भएन ।

'थ्री इडियट्स' अन्तिममा क्रेडिटपछि सानो क्रेडिट देखिन्छ, 'बेस्ड अन नोभेल बाई चेतन भगत ।' बलिवुडले भारतमा सबैभन्दा बढी बिक्ने लेखकलाई यस्तो हालमा पुर्‍याएका छन् । एक लेखक, जसको नाम लिएर प्रकाशक भन्छन् कि-यार, कुनै दोस्रो चेतन भगत पाइरहेकै छैनौँ । हामीलाई हिन्दीमा चेतन भगत चाहिएको छ । उनैको शैलीमा किताब लेख्दा-लेख्दा अंग्रेजीमा 'चिक-लिट' मा नयाँ विधा नै बनेको छ । यो शक्ति छ 'स्टार-सिस्टम' र बलिवुडका हलिवुडमा आधारित भएर हिन्दीमा काम गर्ने अंग्रेजबाजहरूको, जो हिन्दीलाई हेय-नजरले हेर्छन् ।

पछिल्लो समय अनुराग कश्यपले एक अन्तर्वार्तामा सही भनेका छन् कि बम्बईका मानिस यथार्थ बुझ्दैनन्, उनीहरूका लागि फिल्म त्यही हो जो पर्दामा देखिन्छ । यदि तपाईं एक आदिवासीले अर्को कबिला समुदायको शक्तिशाली व्यक्तिको घाँटी बन्चरोले काटिदिएको दृश्य बताउनुहुन्छ भने बम्बैया फिल्मी दुनियाँ यसलाई यसरी बुझ्छ,'एपोक्यालिप्समा यस्तै दृश्य छ- जब एक आदिवासीले अर्को आदिवासीलाई मार्छ ।'

बलिवुड यथार्थभन्दा बाहिर छ, ऊ पर्दालाई नै यथार्थ मान्छ । जो यो प्रणालीभन्दा बाहिर छन्, उनीहरू नै कान्सलाई मापदण्ड बनाएका छन्... । दुनियाँ यसरी नै चल्छ ।

-'जेएनयू अनंत, जेएनयू कथा अनंता' का लेखक जे सुशीलको फेसबुक पोस्टको अनूदित अंश । उनीसँग अनुमति लिएर ईकान्तिपुरले तयार गरेको हो ।

प्रकाशित : भाद्र १३, २०८१ १५:०९
×