भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारको साझेदारीमा २०८१ असार २३ मा हिमालयन कालिञ्चोक बीबीआर जेभीसँग रंगशाला निर्माणको काम ७८ करोड ५० लाख लागतमा सम्पन्न गर्ने सम्झौता गरेको थियो ।
भरतपुर महानगरपालिका–१५ मा निर्माण भइरहेको क्रिकेट रंगशालाको आर्थिक प्रगति करिब ४५ प्रतिशत हुँदा भौतिक प्रगति ५० प्रतिशत पुगेको छ ।
नयाँ वर्षको दिन सौराहामा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटेलको अकुपेन्सी ९० प्रशितको हाराहारीमा पुगेको होटल व्यवसायीले बताएका छन् ।
चुनाव बहिष्कारको पम्प्लेटसहित प्रदर्शन गर्ने र मतदातालाई प्रभावित पार्ने गतिविधि गर्ने ३ जना पक्राउ परेका हुन् ।
सुदूरले आइतबार कोशी प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पाएको कोशी १९.१ ओभरमा ९९ रनमै अलआउट भयो ।
गैंडाकोट–९ थुम्सीस्थित नवजागरण क्रिकेट मैदानमा हुने प्रतियोगिता फागुन ५ गतेसम्म चल्ने छ ।
धेरै किसानले गाईभैंसीमा बाँझोपन बढेको गुनासो गरेपछि चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले हेफर प्रोजेक्ट नेपाल र चितवनका सबै पालिकासँगको सहकार्यमा बाँझोपन निवारणका लागि घरदैलो अभियान थालेको छ ।
पाँच दिनसम्म चलेको प्रतियोगितामा चितवन र नवलपुरका २४ टिमले सहभागिता जनाएका थिए ।
वन तथा वातावरण मन्त्रालयले अस्थायी रुपमा मोज्याक टायल बिछ्याउन सहमति दिएपछि यो काम अघि बढेको हो ।
चितवनको प्रतिनिधित्व गरेर राष्ट्रियस्तरका प्रतियोगिता खेल्दै आएका सन्देश गुरुङ जिल्लामा निरन्तर प्रतियोगिता नहुँदा खेलाडी उत्पादनमा कठिनाइ भइरहेको बताउँछन् ।