अन्तर कलेज बास्केटबल उपाधि अंकुरम एकेडेमीलाई

पाँच दिनसम्म चलेको प्रतियोगितामा चितवन र नवलपुरका २४ टिमले सहभागिता जनाएका थिए ।

माघ २३, २०८२

राजु चौधरी

चितवन — आरम्भ कप बास्केटबल प्रतियोगिताको उपाधि भरतपुरको अंकुरम एकेडेमीले उचालेको छ ।

भरतपुरको आरम्भ कलेजको आयोजनामा भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा खैरहनीको सैनिक आवासीय माविलाइ ८२–७४ अंकले पराजित गर्दै अंकुरमले उपाधि उचालेको हो । उपाधिसँगै अंकुरमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

उपविजेतामा चित्त बुझाएको सैनिकले नगद १० हजार प्राप्त गर्‍यो । विजेता र उपविजेतालाई आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटी, प्रतियोगिता संयोजक शिशिरजंग कुवँरलगायतले पुरस्कार वितरण गरेका थिए ।

पाँच दिनसम्म चलेको प्रतियोगितामा चितवन र नवलपुरका २४ टिमले सहभागिता जनाएका थिए । चितवनमा बास्केटल खेलको प्रवर्द्धन र युवा खेलाडीहरुलाई प्रोत्साहन गर्न कलेजस्तरीय प्रतियोगिता आयोजना गरिएको हो । 

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully