आन्तरिक पर्यटकको भरमा सौराहा, नयाँ वर्षमा भरिए पर्यटक [तस्बिरहरु]

नयाँ वर्षको दिन सौराहामा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटेलको अकुपेन्सी ९० प्रशितको हाराहारीमा पुगेको होटल व्यवसायीले बताएका छन् ।

वैशाख १, २०८३

राजु चौधरी

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

What you should know

चितवन, सौराहा — पोखराका राजेश रानाभाट मंगलबार परिवारसहित चितवनको पर्यटकीय क्षेत्र सौराहा आइपुगे । नेपाली नयाँ वर्ष २०८३ लाई स्वागत गर्दै परिवारसहित खुशीयाली मनाउन सौराहा आइपुगेका रानाभाट परिवार सौराहा आउने बित्तिकै घुमफिरमा व्यस्त रह्यो । थारु सांस्कृतिक कार्यक्रम, सौराहा ड्याम साइडलगायत क्षेत्रमा घुमघाम गरेका उनी बुधबार बिहानै चितवन राष्टि्रय निकुञ्जमा जिप सफारी जान टिकट लिइसकेका छन् ।

‘अहिले बच्चाबच्चीको छुट्टी, मौसम पनि राम्रो भएकाले नयाँ वर्ष मनाउन ५ जना सपरिवार चितवन घुम्न आएका हौं, नयाँ वर्षमा घुम्न निस्कने सबैको बानी पर्दैछ,’ रानाभाटले भने । 

उनीहरु जस्तै आन्तरिक पर्यटकले अहिले सौराहा भरिभराउ छ । नयाँ वर्ष मनाउन विभिन्न ठाउँबाट पर्यटकहरु परिवारसहित सौराहा आएका छन् । यसले पर्यटन व्यवसायीलाई केही भए पनि राहत मिलेको छ । ‘नेपालीहरुमा पछिल्लो समय घुम्ने परम्परा बढ्दै गएको छ, नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकहरु बढ्न थालेको छन्,’ पर्यटन व्यवसायी सुमन घिमिरेले भने, ‘नयाँ वर्षमा आएका आन्तरिक पर्यटकले केही राहत मिलेको छ, सधैँ यस्तै आन्तरिक पर्यटक आइदिए होटल सञ्चालनमा सहज हुन्थ्यो ।’ 

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

नयाँ वर्षको दिन सौराहामा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ । होटेलको अकुपेन्सी ९० प्रशितको हाराहारीमा पुगेको होटल व्यवसायी केशव खनालले बताए । ‘नयाँ वर्ष मनाउन आन्तरिक पर्यटकको उपस्थिति राम्रो रह्यो, हाम्रो होटेको अकुपेन्सी करिब शतप्रतिशत नै रह्यो, सौराहाका होटेलमा करिब ९० प्रतिशत अकुपेन्सी रहेको छ,’ होटेल मोनालिसाका सञ्चालक समेत रहेका व्यवसायी खनालले भने । 

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

नयाँ वर्षको अघिल्लो रात सौराहाका सडक, ड्याम साइड, गैंडा चोकलगायत क्षेत्रमा आन्तरिक पर्यटकहरुको भीड लागेको थियो । आन्तरिक पर्यटकले होटेल तथा रेस्टुरेन्ट पनि भरिभराउ थिए । मंगलबार नयाँ वर्षका दिन हात्ती प्रजनन् तालिम केन्द्रलगायत अन्य क्षेत्रमा उल्लेखीय पर्यटक आएका छन् । तर, यति पर्यटकले सन्तुष्ट हुने अवस्था नरहेको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष ओम पाण्डे बताउँछन् । ‘पहिले पहिले भन्दा कम नै आए पर्यटक, सन्तुष्ट हुने अवस्था छैन, तर थोरै राहत मिलेको छ,’ अध्यक्ष पाण्डेले भने । 

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

पछिल्लो समय विदेशी पर्यटकको संख्या कम हुँदा आन्तरिक पर्यटकको भरमा पर्यटन व्यवयासी रहेका छन् । ‘विदेशी पर्यटक कम आउँदा नयाँ वर्षले आन्तरिक पर्यटक आएका छन्, यसले थोरै भए पनि हामीलाई राहत मिलेको छ,’ पर्यटन व्यवसायी बासु ढुंगानाले भने । 

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

सौराहामा मात्रै हाल साना तथा ठूला गरी करिब २ सय होटल छन् भने उत्तिकै संख्यामा रेस्टुरेन्ट रहेका छन् । नयाँ वर्षको स्वागतमा भरतपुर, पटिहानीलगायतका क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रमहरु राखिएका छन् । चितवनमा पर्यटकहरु चितवन राष्ट्रिय निकुञ्ज, सामुदायिक वनहरुमा जिप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुंगा शयर, थारु सांस्कृतिक नृत्य हेर्नका लागि आउने गरेका छन् । 

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

Sauraha relies on domestic tourists, tourists flock to the city in the New Year [Photos]

राजु चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।

Link copied successfully