कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

विश्वविद्यालयमा आतंक सिर्जना गर्नेहरूलाई कार्बाही गर्न ७ विद्यार्थी संगठनको माग

विश्वविद्यालयमा आतंक सिर्जना गर्नेहरूलाई कार्बाही गर्न ७ विद्यार्थी संगठनको माग

काठमाडौँ — विपक्षी दलमा आबद्ध ७ विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुमा पदाधिकारी
र प्राध्यापकहरूमाथि नै आतंकित पार्ने काम भइरहेकाले त्यस्ता घटनामा संलग्नहरूलाई कारबाही गर्न माग गरेका छन् । 

उनीहरुले सरकार सञ्चालन गरिरहेका दलका निकट व्यक्तिहरू नै यस्ता कार्यममा संलग्न भएकाले त्यसको विरोधमा विद्यार्थीहरूले आउँदो शुक्रबार किर्तिपुरमा विरोध प्रदर्शनको कार्यक्रम घोषणा गरेका छन् । 'संयुक्त विद्यार्थी संगठनको तर्फबाट हामी त्रिभुवन विश्वविद्यालयमा भइरहेको सरकार सरक्षित आतंक अविलम्ब बन्द गर्न, देशका सवै विश्वविद्यालयमा राजनितिक हस्तक्षेप बन्द गर्न र प्राध्यापकहरुमाथि आक्रमण गर्ने गुण्डाहरुलाई पक्राउ गरी कडा कार्वाही गर्न विशेष माग गर्दछौं । हामी विश्वविद्यालयको प्राज्ञिक वातावरण बिगार्ने, प्राध्यापक, शिक्षक एवं कर्मचारीमाथि दुर्व्यवहार गर्ने र विश्वविद्यालयको सुशासनतर्फको यात्रालाई रोक्न गरिने जुनसुकै षडयन्त्रका विरुद्ध सशक्त प्रतिरोध गर्ने स्पष्ट गर्दछौं' संयुक्त विज्ञप्तिमा छ ।

अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, अनेरास्वियूकी अध्यक्ष आरती लामा, नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपाईं, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रमेश यादव, अखितल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर र अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराईले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

प्रकाशित : भाद्र ५, २०८१ १३:४३
×