कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाका बिरामीले भरिन थाले अस्पताल

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं‌ उपत्यकाका अस्पतालमा कोरोनाका बिरामीको चाप बढ्दै गएको देखिन थालेको छ । सरकारी तथा निजी अस्पतालहरुमा बिरामीको चाप केही सातायता बढ्दै गएको हो । कोरोना बाहेकका बिरामीको संख्या पनि बढेको देखिन्छ । निषेधाज्ञा खुकुलो हुनु, जनस्वास्थ्यका मापदण्डको कडा पालना नहुनुले पनि संक्रमण बढ्दै गएको देखिन्छ । 

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले बिरामीको चाप बिस्तारै बढ्दै गइरहेको बताए । डा. बाँस्तोला भन्छन्, ‘निको हुने डिस्चार्ज भइरहेका छन् र भर्ना हुने पनि छन् । हिजोअस्ति वार्डमा बिरामी धेरै भएर इमरजेन्सीमा बिरामी होल्ड भएको अवस्था थियो भने आज डिस्चार्ज गर्दै बिरामी सार्ने काम भएको छ । तर चापको हिसाबले हेर्ने हो भने निषेधाज्ञा पछिको अवस्थापछि बिरामी बढेका छन् । यस्तै रह्यो भने बेड भरिन सक्ने आशंका गर्न सकिन्छ ।’

वीर अस्पतालका फोकल पर्सन डा. अच्युत कार्कीले आईसीयूको स्थिति प्याक रहेको जनाउँदै दैनिक १०० को हाराहारीमा कोभिडको बिरामी उपचार गराइरहेको बताए ।कार्की भन्छन्, ‘बिरामीको संख्या हेर्दा बिरामीको आउने क्रम खासै तलमाथि भएको छैन । अहिले धान्ने सक्ने अवस्था नै छ ।’

प्रकाशित : श्रावण १९, २०७८ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
×