कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

दीपक र पुष्पा हाफ म्याराथन विजेता

चैत्र १९, २०७८
दीपक र पुष्पा हाफ म्याराथन विजेता

काठमाडौँ — आर्मीका दीपक अधिकारी र एपीएफकी पुष्पा भण्डारी दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुला हाफ म्याराथन विजेता भएका छन् । दुवै १३ औं सागका पदक विजेता हुन् । सागमा पुष्पाले रजत र दीपकले कांस्य जितेका थिए ।

दीपकले १ घण्टा ५ मिनेट ३४ सेकेन्ड लगाए । बाग्लुङका तीर्थकुमार पुन (१ घण्टा ६ मिनेट ५५ सेकेन्ड) दोस्रो र आर्मीका राजन रोकाया (१ घण्टा ८ मिनेट ४९ सेकेन्ड) तेस्रो भए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ वाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा पुष्पाले १ घण्टा २१ मिनेट ५० सेकेन्डमा दौड पूरा गरिन् । एपीएफकै विन्द्राधान्के श्रेष्ठ (१ घण्टा २७ मिनेट ४४ सेकेन्ड) दोस्रो र पुलिस क्लबकी रेखा विष्ट (१ घण्टा ४१ मिनेट १८ सेकेन्ड) तेस्रो बने । दुवैतर्फ शीर्ष स्थान हात पार्नेले क्रमश: ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कार हात पारे ।

समापनमा तेक्वान्दोकी ओलम्पियन संगीना वैद्य, बक्सिङका मथुरादास नेवा:, भलिबलका भरत शाह, एथलेटिक्सकी राजकुमारी पाण्डे र पत्रकार राजु सिलवाललाई सम्मान गरियो ।

प्रकाशित : चैत्र १९, २०७८ २०:४०
×