कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

कोशीका निवर्तमान मुख्यमन्त्री कार्की पुनः अनशनमा

भाद्र २५, २०८१
कोशीका निवर्तमान मुख्यमन्त्री कार्की पुनः अनशनमा

विराटनगर — कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले फेरि अनशन सुरु गरेका छन् । निषेधित क्षेत्रमा अनशन बसेको भन्दै केही समयअघि उनलाई प्रहरी नियन्त्रण लिएको थियो । 

प्रहरी धरपकडपछि उनीसहित करिब ४० जना कार्यकर्ता पनि अनशन स्थल छाड्न बाध्य भएका थिए । प्रहरीले उनलाई गाडीमा टन्कीसिन्वारीको घरसम्म छाडेर फर्किएको थियो । लगत्तै उनी निजी गाडी चढेर अनशन बस्न विराटनगर आएका थिए । उनी अहिले विराटनगरको देवकोटा चोकमा अनशन बसेका छन् ।

प्रकाशित : भाद्र २५, २०८१ २१:१९
×