कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

घोडा चढेर खेत गएका थापा मृत भेटिए

भाद्र २३, २०८१

पाँचथर — घरबाट घोडा चढेर खेत गएका कुम्मायक-१ पाँचथरका मोहन थापा मृत अवस्थामा भेटिएका छन् ।

शनिबार बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए । घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्‍याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय यासोक र जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का तयार गरी जिल्ला अस्पताल पाँचथरमा पोस्टमार्टमका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उनको शव आइतबार पोस्टमार्टम गरी अन्त्येष्टिका लागि आफन्तलाई बुझाइएको प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार थापा उच्च रक्तचापको बिरामी रहेको र केही दिनअघिदेखि नियमित सेवन गर्ने औषधि छोडेका थिए । उनी उच्च रक्तचापकै कारण लडेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

प्रकाशित : भाद्र २३, २०८१ २२:५१
×