कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

उदयपुरमा सुरू भयो माओवादी केन्द्रको परामर्श बैठक

भाद्र २३, २०८१
उदयपुरमा सुरू भयो माओवादी केन्द्रको परामर्श बैठक

उदयपुर — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय सदस्य र कोशी प्रदेश पार्टी पदाधिकारीको परामर्श बैठक सुरु भएको छ । उदयपुरको बेलका नगरपालिका–८ रामपुमा एकदिने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठक सुरु भएको हो ।

आजको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा सुरु भएको माओवादी केन्द्र कोशी प्रदेशका इञ्चार्ज हरिबोल गजुरेलले जानकारी दिए। बैठकमा पार्टीका महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा पनि उपस्थित छन् ।

पार्टीको एकदिने परामर्श बैठकमा सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादी केन्द्रका केन्द्रीय सदस्य सुरेश राईले जानकारी दिए ।

प्रदेशका पार्टी पदाधिकारीसहित पार्टीभित्र रहेका भ्रम चिर्न र पार्टी कार्यकर्तालाई गोलबन्द बनाउन बैठकले जोड दिने नेता गजुरेलले बताए। बैठक आइतबार साँझ सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १४:५९
×