कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

मुख्यमन्त्री कार्कीद्वारा १७ किलोमिटर लामो कृषि सडक उद्‌घाटन

श्रावण ३०, २०८१
मुख्यमन्त्री कार्कीद्वारा १७ किलोमिटर लामो कृषि सडक उद्‌घाटन

विराटनगर — कोशी प्रदेश सरकारको लगानीमा निर्मित धनकुटाको सिधुवा–शुक्रबारे जोड्ने १७ किलोमिटर कालोपत्रे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्‌घाटन गरेका छन् । उक्त सडक ८९ करोड ९० लाख रुपैयाँको लागतमा प्रदेश सरकारले निर्माण गरेको हो । सडक निर्माणपछि धनकुटा र तेह्रथुमको कृषि, पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आशा गरिएको छ । 

धनकुटाको सिधुवाबाट सुरु हुने सडक निकट भविष्यमा तेह्रथुम सदरमुकाम म्याङलुङसम्म जोड्ने प्रदेश सरकारको लक्ष्य छ ।

मुख्यमन्त्री कार्कीले सडक निर्माणले स्थानीय बजार प्रवर्द्धन र पर्यटन विकासमा महत्वपूर्ण टेवा पुग्ने दाबी गरे । पहाडको बसाइँसराई रोक्न र कृषि तथा पर्यटनलाई विकास गर्न यो सडक महत्वपूर्ण साबित हुने दाबी कार्कीले गरे ।

प्रकाशित : श्रावण ३०, २०८१ १७:४५
×