कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

फूलबारी-बंगलाबन्ध नाका पूर्ववत् सञ्चालनमा

श्रावण २६, २०८१
फूलबारी-बंगलाबन्ध नाका पूर्ववत् सञ्चालनमा

झापा — नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी –बंगलाबन्ध नाका पुन: सञ्चालनमा आएको छ । नाका खुला भएसँगै बङ्गलादेशसँगको आयात निर्यात सहज भएको छ ।  

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बङ्गलादेश तर्फ र बङ्गलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए ।

उनले भने, 'बङ्गलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बङ्गलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ ।'

कार्यालयका अनुसार गत आव २०८०/८१ मा ४६ करोड ३१ लाख ८९ हजार सामग्री बङ्गलादेश निर्यात हुँदा तीन अर्व ८३ करोड ६८ लाख २२ हजार बराबरको सामग्री आयात भएको थियो ।

प्रकाशित : श्रावण २६, २०८१ १५:३५
×