कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

अवरुद्ध पृथ्वी राजमार्गमा यातायात सञ्चालनमा

भाद्र २२, २०८१

मुग्लिन(चितवन) — पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय  चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै आज बिहान साढे ७ बजे आसपासमा सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको  थियो । 

सडक विभागको समन्वयमा पहिरो हटाएपछि यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिए ।

प्रकाशित : भाद्र २२, २०८१ ०९:१३
x
×