कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

भारतीय राष्ट्रिय रक्षा महाविद्यालय प्रतिनिधि मण्डलको टोली फर्कियो

भाद्र २०, २०८१
भारतीय राष्ट्रिय रक्षा महाविद्यालय प्रतिनिधि मण्डलको टोली फर्कियो

काठमाडौँ — भारतबाट नेपाल भ्रमणमा आएको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४ औं कोर्सका प्रतिनिधिमण्डलको ५ दिने नेपाल भ्रमण सकिएको छ ।

उक्त प्रतिनिधिमण्डलमा अन्य मुलुकहरु अष्ट्रेलिया, भुटान , जापान, कजाकिस्तान, ओमान र अमेरिका सदस्य थिए । यस्तै, भारतका निजामती सेवा र रक्षा बलसहित २१ जना वरिष्ठ अधिकारीहरुको प्रतिनिधि मण्डल नेपाल आएको थियो ।

उक्त प्रतिनिधि मण्डलको नेतृत्व रियर एड्मिरल सन्दीप एस सन्धुले गरेका थिए । भ्रमण टोलीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

उक्त भ्रमण टोलीले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति रथी अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो । टोलीले काठमाडौंस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हेडक्वाटर पोखरा भ्रमण पनि गरेको थियो ।

प्रकाशित : भाद्र २०, २०८१ २१:०३
x
×