कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

एमाले पोलिटब्युरो बैठक बस्दै

भाद्र १८, २०८१
एमाले पोलिटब्युरो बैठक बस्दै

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज बस्दैछ  । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो १ बजे पोलिटब्युरो बैठक बस्न थालेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।

बैठकमा यही भदौ १३ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको पार्टीको वार्षिक कार्ययोजनाको मस्यौदालाई सुझावसहित अन्तिम रूप दिइने छ । बैठक आज र भोलि दुईदिन बस्ने जनाइएको छ । एमालेमा ९५ जनाको पोलिटब्युरो रहेको छ ।

प्रकाशित : भाद्र १८, २०८१ ११:४५
x
×