कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

नेपाल-ओमान परराष्ट्रमन्त्रीस्तरीय बैठक : श्रम,हवाई कनेक्टिभिटी र लगानीका विषयमा छलफल

भाद्र ११, २०८१
नेपाल-ओमान परराष्ट्रमन्त्रीस्तरीय बैठक : श्रम,हवाई कनेक्टिभिटी र लगानीका विषयमा छलफल

Highlights

  • परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा नेपाल–ओमानबीचको श्रम तथा रोजगार, पर्यटन, व्यापार, हवाई कनेक्टिभिटी र लगानी लगायतका विषयमा बैठकमा कुराकानी भएको हो । 

काठमाडौँ — नेपाल र ओमानबीचको परराष्ट्रमन्त्रीस्तरीय द्विपक्षीय बैठक सकिएको छ । नेपालको तर्फबाट परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सइद बद्र बिन हमाद बिन हमुद अलबुसइदीले मंगलबार बिहान द्विपक्षीय कुराकानीको नेतृत्व गरेका थिए ।

परराष्ट्र मन्त्रालयका अनुसार उक्त अवसरमा नेपाल–ओमान बीचको श्रम तथा रोजगार, पर्यटन, व्यापार, हवाई कनेक्टिभिटी र लगानी लगायतका विषयमा बैठकमा कुराकानी भएको हो । सन् १९७७ मा नेपाल–ओमान बीच कूटनीतिक सम्बन्ध स्थापना भएपछि ओमानबाट पहिलो पटक परराष्ट्रमन्त्री स्तरमा नेपाल भ्रमण भएको हो ।

प्रकाशित : भाद्र ११, २०८१ १५:१२
x
×