कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सरकारलाई कांग्रेस सांसद साउदको सुझाव - संविधान संशोधनका लागि प्रतिपक्षसँग संवाद गरौं

भाद्र ११, २०८१
सरकारलाई कांग्रेस सांसद साउदको सुझाव - संविधान संशोधनका लागि प्रतिपक्षसँग संवाद गरौं

काठमाडौँ — सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री नारायणप्रकाश साउदले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको पहल गर्न सरकारलाई सुझाव दिएका छन् ।

सत्तापक्ष र प्रतिपक्ष दलहरुबीच संविधान संशोधनको सवालमा समान धारणा आइरहेकाले सरकारले यसमा राष्ट्रिय सहमति जुटाउन तत्काल पहल गर्नुपर्ने बताएका हुन् । मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेस र एमालेबीच संविधान संशोधन गर्नेलगायतका सात बुँदे सहमति भएको स्मरण गराउँदै त्यसमा सरकारले पार्टीहरुबीचमा र प्रतिपक्षसँग पनि राष्ट्रिय सहमतिका लागि बहस चलाउनुपर्ने बताए ।

मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने, त्यसका लागि शासकीय स्वरुपमा कुन-कुन एजेण्डामा हामीले परिवर्तन गर्नुपर्ने हो, त्यसका लागि एकै पार्टीभित्र मात्रै होइन, पार्टीहरु बीचमा पनि र सरकार तथा प्रतिपक्षको बीचमा पनि राष्ट्रिय सहमतिका लागि कोसिस गर्नुपर्ने, पहल गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसमा सरकारले पहल गर्नुपर्ने सांसद साउदको भनाइ थियो ।

उनले समावेशीकरणको मुद्दालाई तलमाथि गर्ने पक्षमा सरकार र सत्तारुढ दलहरु नरहेको पनि दाबी गरे ।

सांसद साउदले संघीयता कार्यान्वयनका लागि सरकारले प्रदेशको काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा ध्यान दिनुपर्ने बताए ।

प्रकाशित : भाद्र ११, २०८१ १६:३५
x
×