कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

काठमाडौँ — भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले बीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

उनीहरु बीच बुधबार दिउँसो भेटवार्ता भएको हो । एक कुटनीतिक अधिकारीका अनुसार उनीहरुबीच द्विपक्षीय हितको विषयमा कुराकानी भएको थियो ।

चौथाइवाले तीनै भारतीय नेता हुन्, जो तीन वर्षअघि नेपाल आउँदा राणाले एक भाइको रुपमा राखी बाँधेकी थिइन् । भारतको ५ दिने भ्रमणमा गएकी राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतका विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेकी थिइन् ।

मन्त्री राणा बिहीबार दिउँसो स्वेदश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित : भाद्र ५, २०८१ १८:५३
x
×