कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित 

श्रावण ३०, २०८१
टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित 

काठमाडौँ — बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक पारित गरियोस् भन्ने राखेको प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दै पारित भएको घोषणा गरेका हुन् । उक्त विधेयक पारित गर्नुअघि शीर्ष नेतासहित दलीय आधारमा छलफल गरिएको थियो ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेको थियो । प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो ।

विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।

प्रकाशित : श्रावण ३०, २०८१ १७:२३
×