कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन साउन ३१ मा

श्रावण २९, २०८१
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन साउन ३१ मा

काठमाडौँ — संघीय संसद्‌को संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोकेका हुन् ।

त्यस्तै राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुने भएको छ ।

संघीय संसदको संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति २०८१ साल साउन ३१ गते हुने सभामुख घिमिरेले घोषणा गरे । सभामुख घिमिरेले उक्त निर्वाचनसम्बन्धी सूचना आजै प्रकाशन गर्न संघीय संसदका महासचिव पद्यप्रसाद पाण्डेयलाई निर्देशन दिए ।

प्रकाशित : श्रावण २९, २०८१ १८:०८
×