कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

मधेस प्रदेशका मुख्यमन्त्री सिंहसँग पार्टीले सोध्यो स्पष्टीकरण

श्रावण २५, २०८१
मधेस प्रदेशका मुख्यमन्त्री सिंहसँग पार्टीले सोध्यो स्पष्टीकरण

काठमाडौँ — मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ । 

पार्टीका प्रवक्ता डा शरदसिंह यादवले मुख्यमन्त्री सिंहले पार्टीसँग समन्वय नगरेर जिम्मेवारी बाँडफाँट र सरकार विस्तार गरेको भन्दै आवश्यक जानकारी माग गरेको बताए ।

जनमतले परिणाम देखिने गरी जनताको हकहितको लागि मन्त्रालयको काममा ध्यान दिनुभन्दा मुख्यमन्त्रीले अनावश्यक उद्घाटन समारोहमा समय खर्चिएको, पार्टीले दिएको निर्देशन बेवास्ता गरेको आरोप लगाएको छ । 'जनमतले परिणाम देखिने गरी काम गर्नुपर्नेछ तर मुख्यमन्त्री भने उद्घाटनमै व्यस्त हुनुहुन्छ । यसैगरी बजेट बनाउने क्रममा सांसदलाई पाँच करोड रुपैयाँ दिने विवादास्पद अभिव्यक्ति दिई पार्टीको छविमा बारम्बार आँच पुर्‍याएकोलगायत विषयमा उहाँलाई पार्टीले स्पष्टीकरण सोधेको हो”, प्रवक्ता यादवले भने ।

प्रकाशित : श्रावण २५, २०८१ १८:४०
×