कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयो

श्रावण २३, २०८१
एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका शव काठमाडौं ल्याइयो

काठमाडौँ — एयर डाइनेस्टी हेलिकप्टर दुर्घटनाका शव काठमाडौंमा ल्याइएको छ । बुधबार दिउँसो १:५४ बजे त्रिभुवन विमानस्थलबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर दिउँसो २:१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौर र गर्जेभन्ज्याङको बीचमा दुर्घटनाग्रस्त हुँदा पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार मृत्यु हुने पाइलट मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जीको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएकाे छ । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

प्रकाशित : श्रावण २३, २०८१ १७:५९
×