कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित [सूचीसहित]

श्रावण २१, २०८१
कांग्रेसका ३७ विभागीय प्रमुख मनोनित [सूचीसहित]

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् । 

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सभापति देउवाले विधानको व्यवस्थाबमोजिम बिभागीय प्रमुखहरु मनोनयन गरेको जानकारी दिए ।

उनका अनुसार राज्य प्रशासन विभागको प्रमुखमा गोविन्द भट्टराई, स्थानीय तह समन्वय विभागको प्रमुखमा मधु आचार्य, अभिलेख, अनुगमन तथा मूल्यांकन विभागको प्रमुखमा मानबहादुर विश्वकर्मा मनोनीत भएका छन् ।

त्यस्तै, संघीय मामिला समन्वय विभागको प्रमुखमा चन्द्रबहादुर केसी, संसदीय मामिला विभागको प्रमुखमा गोविन्द्रबहादुर शाह र कानून विभागको प्रमुखमा मानबहादुर नेपाली मनोनीत भएका छन् ।



प्रकाशित : श्रावण २१, २०८१ १६:३१
×