कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

एमालेमा गुटबन्दी स्वीकार्य छैन : प्रधानमन्त्री

श्रावण २०, २०८१
एमालेमा गुटबन्दी स्वीकार्य छैन : प्रधानमन्त्री

Highlights

  • पार्टी सिद्धिने कारण नै गुटबन्दी

काठमाडौँ — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कुनैपनि प्रकारको गुटबन्दी अस्वीकार्य रहेकाले त्यसअनुसार काम गर्न निर्देशन दिएका छन् ।

नवमनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूलाई आइतबार पार्टी कार्यालयमा शपथ गराउँदै अध्यक्ष ओलीले पार्टी सिद्धिने कारण नै गुटबन्दी रहेको बताए ।

'डेमोक्रेसीका नाममा गुटबन्दी गर्दा पार्टी सकिन्छन् । पार्टी ओरालो लाग्ने भनेकै गुटबन्दीका कारण हो' प्रधानमन्त्री ओलीले भने,'हाम्रो पार्टीमा पनि लामोसमय गुटबन्दी थियो । त्यही कारण विभाजन पनि भयो । अब हाम्रो पार्टीमा गुटबन्दी स्वीकार्य हुन्न ।' उनले लोकतन्त्रका नाममा गुटबन्दी गर्न कसैले उचाल्न सक्ने भएकाले त्यस्ता विचारकोपछि नलाग्न निर्देशन दिए ।'आफूले पनि गुटबन्दी नगर्ने र गुटबन्दी गर्नेलाई छेउ पर्न पनि निदिने' प्रधानमन्त्रील ओलीले भने । उनले पार्टीमा अस्वस्थ्य तरिका नअपाउन आग्रह गर्दै केन्द्रीय सदस्यहरूलाई पार्टीको मैदानमा प्रवेश गर्दा खेलाडी जस्तो भएर प्रवेश गर्न भने ।

उनले विनम्रता, शालिनता र कम्युनिस्ट आचार भित्र बस्न पनि केन्द्रीय सदस्यहरूलाई सचेत गराए ।

प्रकाशित : श्रावण २०, २०८१ १४:०३
×