कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने

श्रावण २, २०८१
प्रधानमन्त्री ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएका एमाले अध्यक्ष ओलीले जसपा र लोसपालाई पनि सरकारमा सामेल गराइसकेका छन् ।

अन्य साना दलहरुलाई समेत समेटेर ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्री ओलीले साउन ६ गते आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेको जानकारी दिए ।

कांग्रेस र एमालेले असार १७ गते सहमति गर्दै मुलुकलाई स्थायित्व दिने भन्दै गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेका थिए । त्यही सहमति बमोजिम ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

प्रधानमन्त्री नियुक्त भएसँगै ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। त्यहीअनुसार ओलीले आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

*प्रधानमन्त्री केपी शर्मा ओली हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ । - सम्पादक

प्रकाशित : श्रावण २, २०८१ १५:४३
×