कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह : नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला

एमाले-कांग्रेसलाई प्रधानमन्त्री दाहालको आग्रह : नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संसद् बचाउन नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरूले संसद् नै निल्ने प्रयास गर्ने बताए । 

‘म कांग्रेस–एमालेका साथीहरूलाई पनि सहकार्यको बधाईसहित केही भन्न चाहन्छु । तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद् चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद् नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला,’ उनले भने ।

प्रधानमन्त्री दाहालले विगतमा संसद् कांग्रेस र नेकपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गरे ।

प्रकाशित : असार २८, २०८१ १३:२८
x
×