कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं : प्रधानमन्त्री

संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान नै संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जान प्रस्ताव गरेका छन् । प्रतिनिधिसभामा विश्वासको मतको प्रस्ताव पेश गर्नेक्रममा उनले यो प्रस्ताव ल्याएका हुन् ।

उनले संविधानका उपलब्धीहरू उल्टाउने प्रयास भइरहेको उल्लेख गर्दै त्यसको आफूले प्रतिवाद गरेको बताए । जातीय क्षेत्रिय पार्टीहरूलाई गर्भमै सिद्धाउन लागेका उल्लेख गरे ।

'संविधान संशोधन गर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व बढाउ । बिपन्नको पहुँच बढाउँ' उनले भने,'तपाईंहरूलाई अहिले २०४७ सालको बाडुल्की लागिरहेको होला । के अब त्यतै फर्किने हो ?'

उनले संविधान संशोधन गर्ने भए दलितलाई पनि १३ प्रतशित प्रतिनिधित्व दिन प्रस्ताव गरेका छन् । ' महिला, उत्पीडित, मधेसी, अल्पसंख्यालाई राज्यका निकायमा रोक्ने प्रयास किमार्थ सफल हुँदैन', उनले भने,'प्रतिनिधित्व नै सुनिश्चित गरौं । ५० प्रतिशत हुनेगरी संशोधन गरौं। हामी पुरुषले के लछारेका छौं ? '


प्रकाशित : असार २८, २०८१ १३:२५
x
×