कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

कांग्रेस-एमाले २०४७ को संविधानमा फर्किन लागे : प्रधानमन्त्री दाहाल

कांग्रेस-एमाले २०४७ को संविधानमा फर्किन लागे : प्रधानमन्त्री दाहाल

Highlights

  • 'राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल मा‌ओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?'

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस- एमालेले २०४७ सालको संविधानको व्यवस्थामा फर्किन लागेको आरोप लगाएको छन् । उनले विश्वासको मतको प्रस्ताव पेश गर्ने क्रममा सम्बोधन गर्दै कांग्रेस एमालेको सहमतिप्रति आशंका गरेका हुन् ।

उनले साना दलको अस्तित्व समाप्त गर्ने र समानुपातिक समावेशीको व्यवस्था पनि हटाउने तर्फ लागेको बताए । उनले इतिहासलाई पछाडी फर्काउन खोजिन थालेको उल्लेख गरे । 'दुई ठूला राजनीतिक दलले स्थायित्वको नारा दिनुभएको छ । राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल मा‌ओवादी केन्द्र हो । त्यसलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?' उनले भने ।

प्रकाशित : असार २८, २०८१ १३:०९
x
×